फाँट पौवामा गरिमा विकास बैंकको बृहत निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चाबहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसँगको सहकार्यमा मिति २०८० जेठ २० गते शनिबारका दिन बेलकोटगढी नगरपालिका वडा नं २, फाँटा पौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

बेलकोटगढी नगरपालिका वडा नं २ का वडाध्यक्ष श्री रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय श्री अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरूमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर श्री जगत बहादुर लामा, यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष डा. श्री केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वास्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरूको परीक्षण एव भिडियो एक्स-रे र ई.सी.जी लगायतका सेवाहरू प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायले बृहत निःशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानीय बासीहरू लाभान्वित भएको र आगामी दिनहरूमा समेत यस्ता मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

काठमाडाैँ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय र ५० वटा एटीएम मार्फत ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *