जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने
२०८० जेठ १४ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गतेदेखि प्रधानमन्त्री भारत भ्रमणमा जाने भएका छन् ।
उनीसँग सानो टोली समेत भारत भ्रमणमा जाने बताइएकाे छ ।
आइतबार बसेको मन्त्रिपरिष्दका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् ।
उनले भनिन, ‘औपचारिक निर्णय गरेर चाँडै विषय तय गर्ने छौँ । भ्रमण तयारी अन्तिम चरणमा पुगिसकेको छ । भ्रमणका क्रममा ऊर्जा र सीमा समस्याका विषयमा कुरा हुनेछ ।’
यनले भ्रमणका एजेन्डा र टोलीबारे सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय लिने समेत जानकारी दिइन ।
२०८० जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








