पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउँदै

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आउने भएका छन् । सुर्खेतमा पूर्वराज शाहलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरू पनि सुर्खेत आउने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।

नेपालगन्जबाट प्लेन चाटर गरेर आजै सुर्खेत आउन लागेका पूर्वराजा ज्ञानेन्द्रलाई दिउँसो २ बजे वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मञ्चमा नागरिक अभिनन्दन गरिने र सोही अभिनन्दनका लागि सम्पूर्ण तयारी पुरा भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *