रातो मच्छिन्द्रनाथकाे रथलाइ लगनखेलबाट जावलाखेलसम्म तानियो (तस्बिरहरू)

२०८० जेठ ८ गते

काठमाडौँ । आज सोमबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिँएको छ । दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको थियो।
लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।
त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएको वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।

२०८० जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित