७१ सालमा दिने भनिएको अनुदान सरकारले नदिएपछि उखु किसान धर्नामा (तस्बिरसहित)

सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौँमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौंको माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनु परेको कपिलबस्तु उखु किसान संघर्षसमितिका सदस्य रामलाल कलवारले जानकारी दिए ।

२०७१ सालमा सरकारले उखुकिसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर सोरकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौँ आएका हुन् ।

अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछिकाठमाडौंमा आएर धर्नामा बस्नु परेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए ।

उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए ।

उनीहरुलेअन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५दिनयता काठमाडौँमा धर्ना कार्यक्रमलाई निरन्तरता दिई रहेका छन् ।

तर सरकारले कुनैसुनुवाई नगरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *