शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैन : सांसद खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताए ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताए । उनले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताए । उनले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गरे ।

उनले भने ‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेटभन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्ब भन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ । तर मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ । त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ । नेपालको शिक्षाको जग निर्माण गर्नुपर्ने समयमा शिक्षामा बजेट कटौती भयो भने त्यसमा भइरहेको शिक्षालाई झन पछाडी धकेल्छ ।’

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गरे । उनले प्रश्नोत्तर गरेर राम्रो अभ्यास सुरु भएको भन्दै अभ्यासलाई सुधार्नु आवश्यक रहेको बताए ।

उनल भने, ‘भ्रष्टाचारसँग सम्बन्धित हाम्रो माननीय शिशिर खनालले सोध्नुभएको प्रश्न थियो कि हेलिकप्टरको पैसा कसले तिर्छ ? चुनावको बेला प्रयोग गरिएको । आचारसंहीता मिचिएकोमा कसले सजाय भोग्छ भन्ने प्रश्नको जवाफ आएन । एकजना माननीयसँग सम्बन्धित स्कुलको कर छुट किन गरियो भनेर सोधिएको प्रश्नको जवाफ आएन । यस्ता प्रश्नको जवाफ आउँदैन भने, कन्फिडेन्स छैन भने यसमा खासै मजा आउँदैन । म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै मात्रै भयो । एउटा कुरा राम्रो अभ्यास हुँदैछ । तर आवश्यकता के हो भने अभ्यास सुधारिनुपर्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ तर पूर्णता होइन ।’

रास्वपा सांसद विराजभक्त श्रेष्ठले प्रधानन्त्रीले कयौँ प्रश्नहरुको जवाफ नदिएको बताए । उनले प्रधानमन्त्रीले सांसदहरुसँग प्रश्नोत्तर गर्नु सुसंस्कृत अभ्यास भएको बताए ।

उनले पहिलो प्रश्नोत्तर नै नियमावली निलम्बन गरेर गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्ति गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *