स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताए ।

शनिबार काठमाडौँको नक्सालमा सुरु भएको काठमाडौँको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताए ।

उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भइ कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रूपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए । उनले जनताले यसै गरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए ।

भट्टराई भन्छन्, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन् । हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।’

आन्दोलनमा सहभागी हुन पुग्नुभएका पूर्व प्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरु खुसी थिएनन् । उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उहाँकी धर्मपत्नी एवं पूर्व मन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए ।

एक प्रदर्शनकारीले भने, ‘भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन् । यिनीहरूको विरुद्धमा जनता जाग्नुपर्छ ।’

भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरूले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्व गृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा हुनुहुन्छ भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार हुनुहुन्छ । साथै सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ । नागरिकहरु भने निष्पक्ष छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *