ट्वीटरको नयाँ सीईओ बनिन् लिंडा याकारिनो

२०८० वैशाख ३० गते

काठमाडौं । ट्वीटरको नयाँ सिइओमा लिंडा याकारिनो नियुक्त भएकी छन् । ट्विटरका मालिक एलन मस्कले नयाँ सिइओमा याकारिनोलाई नियुक्त गरेका हुन् ।
मस्कले भनेका छन् ‘नयाँ सिइयोको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई थप उचाइ दिने विश्वास छ।’
एलन मस्कले ट्वीटरमा नयाँ सिइओ याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिने उल्लेख गर्दै आफू प्रडक्ट डिजाइनमा ध्यान दिने समेत बताएका छन् । यसअघि यो पदमा मस्क आफै रहेका थिए ।

२०८० वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित