यश कुमारले तताए आलिशान

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए । लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ-पुराना गीत गाएर दर्शक झुमाए ।

साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए । ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरू हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, बिरानो यो मन्दिरमा…, तिम्रो मन बदलिएछ…गाए । त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए । उनले ‘तुल्सी आँगनमा रोपौला… र तिमीलाई कुनै पल…गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ लगाए । ‘आलिशानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरूको अप्रत्याशित प्रेम पाएँ,’ यश खुशी सुनिएँ ।

आलिशानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले बताए । ‘कोभिडपछि हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो । अब आलिशानमा हामी हरेक महिना प्रिय कलाकारहरूसँगै झुमेछौँ,’ थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *