बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने, अनुसन्धानको निष्कर्ष पर्खने

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने भएको छ।

बुधबार र बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अनुसन्धानको निष्कर्षपछि मात्रै यस बारे निर्णय लिने भएको हो।

बैठकपछि जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले अहिले खाण अभियुक्त मात्रै भएको र दोषी नठहरिएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए।

सरकारले निष्पक्ष र तठस्थ छानबिन गरे कांग्रेसले खुलेर सहयोग गर्ने भएको छ।

बैठकमा कोशी प्रदेश सरकारमा तालमेलका लागि केन्द्रसँग छलफल गर्ने निर्णय गरेको छ। हाल उक्त प्रदेशमा एमाले र माओवादीको सरकार रहेको छ। यसका लागि दुई जना महामन्त्री गगनकुमार थापा, विश्वप्रका शर्मा र भिष्मराज आङ्दाम्बेलाई छलफल गर्ने जिम्मेवारी दिइएको छ।

नागरिकता विधेयकबारे पनि कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरिएको छ। साथै भातृ संगठन, पार्टीको नीति अधिवेशन गर्नुपूर्व केन्द्रीय कार्यसमिति बैठक राख्ने निर्णय भएको छ।

एमालेले भने यसअघि सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ। रायमाझी फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =