खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
२०८० वैशाख २७ गते

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँण पक्राउ परेलगत्तै प्रहरीले केसीलाई पनि पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणलाई बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेका खाँण र केसीलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकु पुर्याएको छ । खाँणको नाम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका छ ।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








