पूर्व गृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतकाअनुसार पूर्वगृहमन्त्री समेत रहेका खाँण बिहान काठमाडौँको मैजुवहालमा रहेको उनकै निवासबाट पक्राउ परेका हुन् ।

यसअघि भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानको क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री खाँणकी पत्नीहरूले पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो ।

खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेको अवस्थामा कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको भनाई छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलाई विस्थापित गर्दै देउवा सरकार बनेपछि २९ असार २०७८ मा गृहमन्त्री भएका खाँणले २७ साउनमा पाण्डेलाई गृह मन्त्रालय ल्याएका थिए । गत बुधबार पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट (खाली) गरेको भेटिएकाले ‘रिकभर’ गर्न पठाइएको प्रहरी अधिकारीको भनाइ छ ।

तर, गिरोहका अन्य सदस्यका मोबाइल डिभाइसबाट प्राप्त विवरणअनुसार भने पाण्डे र गिरोहबीच निरन्तर सम्पर्क र साँठगाँठ रहेको तथ्य प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =