निवासबाटै पक्राउ परेका खाँणलाई टेकु लगियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ । बिहान काठमाडौँको मैजुवहालमा रहेको निवासबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका खाँणलाई टेकु लगिएको हो ।

काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछपछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए । उनको नाम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका छ ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =