देशभक्ति चलचित्र प्रदर्शन गर्नबाट रोक्न राज्य सत्ता नै लाग्यो : नवल खड्का

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रिएको बताएका छन् ।

मंगलबार काठमाडौँमा चलचित्र काँडेतारबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाए । उनले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताए ।

उनले देशभक्त चलचित्रलाई राज्य सत्ता नै लागेर खेदेको बताउनु भयो । उहाँले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजाय भोग्न आफू तयार रहेको बताए ।

उनी भन्छन्, ‘केही संवाद र दृश्य काट्नुस् भनेको छ, फिल्ममा कसैलाई असर गर्दैन, जनतामा यो पुग्न दिनुस् भनेको छु, जस्ताकाके त्यस्तै चलचित्र प्रदर्शन गर्न दिनुस् भनेको छु, मान्नुभएन भने न्यायकोक लागि अदालत जाने सुविधा छ । जनताको चलचित्रलाई देशभक्त चलचित्रलाई खेदेको खेदै गर्ने, तनाव मात्रै दिने, संवेदनशील फिल्म नबनुन् भन्ने लाग्छ कि के हो , माया गर्ने मानिस नहुन् भन्ने लाग्छ भने केही भन्नु छैन, स्टारहरु राख्छु भनेर अफर गर्दा कोही पनि स्टारहरु चाहनुभएन । यो मुलुकको भाग्य र भविष्य बनाउन चलचित्र क्षेत्रमा लागेका मानिसको पनि हुन्छ भनेर फिल्म बनाउँदा मलाई पेल्दै जाने जहिल्यै पनि राज्यले हो भने मलाई सिध्याउने नै हो भने बरु मलाई मारिदेउ, म मर्न तयार छु, मैले गलत काम गरेँ भने जेलमा हाल्नुस् तर किन देशभक्त चलचित्र किन खेद्ने ? देशका लागि गर्छु भन्दा यस्तो हुन्छ भने नेताहरुबाट के अपेक्षा राख्ने, नयाँ पुराना नेताहरूलाई बोलाएँ तर देशभक्त चलचित्रको बारेमा बोल्न हिच्किचाउनु भयो ।’

अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरू नै हिच्किचाएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =