यार्सा टिप्न गएका जुम्लाका तीन युवाको मृत्यु

काठमाडौँ । हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ । शनिबार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको हो ।

उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १६ जनाको टोली शनिबार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो ।

घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रजिअ घिमिरेले बताए । १३ जना घर फर्किएको र ३ जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार, प्रहरी कार्यालय मुगुले उद्धारका लागि पहल गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *