जुम्लामा आज हुने पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन स्थगित
२०८० वैशाख १७ गते

सुर्खेत । जुम्लाको खलङ्गामा आज हुने तय भएको पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम स्थगित भएको छ ।
नागरिक अभिनन्दनका लागि जुम्लाबाट नेपालगंज जाने तयारी भएको भए पनि खराब मौसमका कारण हवाइ उडान हुन नसक्दा आज हुने भनिएको नागरिक अभिनन्दन स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समिति जुम्लाका संयोजक विष्णु बहादुर बुढथापाले जानकारी दिए ।
नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पुरा भइसकेको र अभिनन्दन समारोहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्रको नेपालगंजबाट जुम्लाको लागि बिहान १० बजेको फ्लाइट तय भएकोमा प्रतिकुल मौसमका कारण उडान नहुँदा नागरिक अभिनन्दन स्थगित भएको संयोजक बुढथापाले बताए ।
निकट भविष्यमा पूर्वराजको गुरु चन्दननाथ, भैरवनाथ दर्शन र नागरिक अभिनन्दन कार्यक्रम हुने पनि उनले जानकारी दिए ।
२०८० वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








