महावीर पुनलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन माइतीघरमा (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई भेट्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्ग्देन पुगेका छन् ।

माइतीघर स्थित आन्दोलनरत स्थानमा लिङ्ग्देन आइतबार भेट्न पुगेका हुन् ।

शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुन रातभर समेत माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरिरहेका छन् ।

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका छन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् ।

तस्बिरहरु:

सबै तस्बिरहरु मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *