सरकारले अयोग्य लडाकुलाई रकम बाँड्न लागेको विरोधमा अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । अनेरास्ववियु निकट विद्यार्थीहरूले एनसिसि क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका छन् ।

सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेका हुन् ।

पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिन कार्यविधि पास गरी अर्थ मन्त्रालयले १ अर्व ४० लाख रुपैयाँ छुट्याएको भन्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘अयोग्य लडाकुको नाममा भ्रष्टाचार बन्द गर, अयोग्य लडाकुलाई पैसा होइन सीपमूलक तालिम देऊ’लगायतका नारा लेखिएका टेम्पलेट बोकेका थिए ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *