माइतीघरमा महावीर (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा उत्रेका छन् । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट उनी माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको उनको आरोप छ । महावीरसँगै धर्नामा बसेकाहरूले स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिएपनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होमिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *