विद्यार्थी युनियनले लगाएको ताला काठमाडौं महानगरले फोड्यो

कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियनले संस्थागत विद्यालय शाखामा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ।

बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। साँझै नगर प्रहरीले उक्त ताला खोलेको हो।

मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं विद्यालयमा राजनीति हुनु हुँदैन र गर्न पनि पाइँदैन भनेर आफूहरुले त्यसको विरोधमा ताल्चा फोडेका बताए।

बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। युनियनले भने कार्यक्रम गर्न पाउनुपर्छ भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो।

महानगरले भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने बताएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =