उपेन्द्रलाई सीके राउतले दिए बधाई

काठमाडौँ । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ मा भएको उपनिर्वाचनमा विजयी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन् ।

५ हजार भन्दा बढी मतान्तले यादव विजयी भएका थिए । यादवले २८ हजार चार १५ मत प्राप्त गरे भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।

जित पछि बधाई दिँदै राउतले भने, ‘निर्वाचन हो, ३४ जना उम्मेदबारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ ।’ जनमतले पार्टीले जनताको माया पाएको भन्दै राउतले मतदान गर्ने सबैलाई धन्यवाद भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =