उठ्न थाल्यो सिंहदरबार परिसरको फोहोर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन थालेको छ । सर्वोच्च अदालतको आदेशपछि सिंहदरबारको फोहोर उठ्न थालेको हो ।

सर्वोच्चले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । गत चैत २६ गतेदेखि सिंहदरबारको फोहोर उठेको थिएन ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले फोहोर उठान छाडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *