सन्दीपविरुद्धको मुद्दा ढकालको एकल इजलासमा
२०८० वैशाख ११ गते

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।
सन्दीपविरुद्धको मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ । यो मुद्दा चार नम्बरमा रहेको छ । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।
गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








