पाल्पा बस दुर्घटना अपडेट : घाइते महिलाको मृत्यु, ३८ जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आइतबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्दाजी ४० वर्षकी राधिका पौडेलको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए ।

आज बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा दुर्घटना भएको थियो ।

थापाका अनुसार बसमा सवार ३८ जना घाइतेलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =