पाल्पा बस दुर्घटना अपडेट : घाइते महिलाको मृत्यु
२०८० वैशाख १० गते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आइतबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको परिचय भने खुलेको छैन ।
आज बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा दुर्घटना भएको थियो ।
पाल्पा प्रहरीका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केहीको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको छ ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









