पाल्पाको जोरधारामा बस दुर्घटना
२०८० वैशाख १० गते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आइतबार बिहान बस दुर्घटना भएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रहरी उपरिक्षक हेरम्ब शर्माका अनुसार, घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको र एम्बुलेन्समार्फत ९ जनालाई उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
क्षतिको विवरण भने आइसकेको छैन ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









