मिस नेपाल २०८० प्रतिस्पर्धा

‘यती एयरलाइन्स वुमेन विथ द विङ्स’ सबटाइटल सहित ट्यालेन्ट सो राउण्ड आज पोखरामा हुँदै

काठमाडौँ । मिस नेपाल २०८० को ‘यती एयरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदैछ, सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरू आज पोखरा पुगेका छन् ।

ट्यालेन्ट सोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउनेछिन्, जसलाई यती एयरलाइन्सले प्रायोजन गरेको छ ।

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सिइओ धनञ्जय रेग्मी, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *