प्रतिनिधि सभा बैठक : आकस्मिक समयमा बोल्दै सांसदहरु, कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरित भएको बताइन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताएकी हुन् । उनले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेश विपरित भएको बताइन् । यसले कृषि भूमि समाप्त पार्ने बाटो खोल्ने उनको भनाइ छ । उनले जमिनको दलाली करण बढाउने पनि उल्लेख गरिन् ।

उनले भनिन् ‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनको खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलाली करण बढाउँछ । त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराइन् । त्यसै गरी, आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्न सक्ने कानुन बनाउन माग गरे निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था पनि कानुनमा उल्लेख गर्नुपर्ने उनको माग छ ।
उनले भने ‘हिजोबाट सुरु भएको पावर समिटमा प्रधानमन्त्रीले आगामी २०२५ सम्ममा हिउँदमा पनि विद्युत् निर्यात गर् नसक्ने कुरा बताउनुभएको रहेछ । त्यसका लागि बजारीकरणलाई सशक्त बनाउन निजी क्षेत्रलाई पि टू पि माध्यमबाट विदेशमा ऊर्जा व्यापार गर् नसक्ने कानुन तत्काल बनाइयोस् भनी जोडदार माग गर्दछु ।

साथै अन्य लोकतान्त्रिक मुलुकमा झैँ नेपालमा पनि निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था सोही कानुनमा उल्लेख भएर आओस् भन्ने पनि माग गर्दछु । यसले नेपाल विद्युत् प्राधिकरणलाई समेत थप प्रतिस्पर्धी र प्रभावकारी बनाउनेछ भन्ने कुरा जोडदारसँग उठाउन चाहन्छु । उक्त कानुन कहिलेसम्म आउँछ ? त्यो कुरा विभागीय मन्त्रीले सदनलाई जानकारी गराउनु हुन जोडदार अपिल गर्दछु ।’

उनले सो कानुन कहिलेसम्म आउँछ भन्ने पनि विभागीय मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =