देउती बज्यैमा नयाँ वर्षको पहिलो दिन दर्शनार्थीको भिड

सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा नयाँ वर्ष २०८० को पहिलो दिन आज बिहानैबाट दर्शनार्थीको भिड लागेको छ ।

नयाँ वर्षको दिन पूजापाठ गर्ने भक्तजनहरू बिहानैबाट मन्दिर पुगेका हुन् । सधैँजसो यो मन्दिरमा पूजापाठ गर्नेहरूको भिड लाग्ने भएपनि आज दैनिक भन्दा दोब्बरको सङ्ख्यामा दर्शनार्थी मन्दिर पुगेका हुन् ।

दर्शनार्थीको भिड हुँदा पूजा गर्न पनि घण्टौँसम्म पनि लाइन लाग्नुपर्ने अवस्था आएको छ । बिहानैदेखि लाइन लागेका दर्शनार्थीहरु नयाँ वर्षको अवसरमा पूजा गर्न आएको र ५ बजेदेखि नै मन्दिर भिड रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *