कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । आज एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, र्पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

गत २७ पुसमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *