कर्णालीमा छिट्टै काँग्रेस-माओवादीको सरकार बन्छ : रक्षामन्त्री खड्का

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । शनिबार गृह जिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै केन्द्रीय समीकरण अनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् ।

यस्तै, उनले अहिलेको गठबन्धन प्राकृतिक भएको बताउँदै जनताले यस गठबन्धनलाई बहुमत दिएर पठाएको र जनताको विश्वासलाई सम्मान गर्दै फेरी अर्को विश्वासको बाटोमा हिँडेको बताए । उनले भने, ‘गठबन्धनका सबै दलले आत्मसमीक्षा गरेर त्यही बाटो ठिक छ, त्यही गठबन्धन ठिक छ । नेपाली जनतालाई विभिन्न समस्याबाट मुक्ति दिन यही गठबन्धन ठिक छ । भनेर अगाडि बढेको हो । दश वर्षको द्वन्द्वकाे बेला पनि १२ बुँदे शान्ति सम्झौतामा नेपाली काँग्रेस र माओवादीको मुख्य भूमिका रहेको र यसैबाट देशमा शान्ति स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आएको हो ।’ यसरी बनेको संविधानको रक्षा गर्न यो गठबन्धन आवश्यक रहेकोमा उनले जोड दिए ।

न्युनतम साझा कार्यक्रमको जगमा निती, बजेट तथा कार्यक्रम ल्याउने बताउँदै रक्षामन्त्री खड्काले कर्णालीको विकासमा निर्वाचनको समयमा गरेका प्रतिवद्धताको आधारमा अगाडि बढ्ने बताए । उनले भने, ‘कर्णाली करिडोरको बारेमा हामी गम्भिर छौ । यसको डिपिराको रिर्पोट केन्द्र सरकरमा छ । र बजेटमा पनि समाबेश गर्ने प्रयासमा छौ । पहिलो प्राथमिकता नै कर्णाली करिडोर हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *