राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या खटाउन आग्रह गरेका छन् ।

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था सङ्कटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गरेका हुन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताए । सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाई छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

उनले भने ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेर, सम्माननीय राष्ट्रपतिले भन्न सक्नुपर्छ, मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानुनले सुविधा दिएको छ । तर म पाँच जना मात्रै राख्छु । म ३ जना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अप्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अपm्ठ्यारोको बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यक बाहेकको खर्चलाई हामी कटौती गर्दछौँ । तर विकासको क्षेत्रमा गर्नुपर्ने, पुँजीगत खर्च गर्नुपर्ने हो त्यो खर्चमा भने हामी पहिलाको भन्दा पनि सुधार गर्छौं । हामी दिनरात एक ठाउँमा बसेर काम गर्छौ भन्ने ढङ्गबाट गयौँ भने बल्ल यसबाट थोरै भए पनि सुधार आउँछ ।’

उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले० सँग पनि संवाद गर्नुपर्ने बताए । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको संवाद र सहकार्य आवश्यक रहेको बताए । त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए । महामन्त्री थापाले राष्ट्र बैङ्क र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए ।

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै रुमल्लिएको टिप्पणी गरे । उनले सरकार रुमल्लिएको भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिए । उनले आगामी ५(६ महिनामा सरकारले नागरिकहरूलाई सरकारले काम गर्न सुरु ग¥यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताए ।

उनले भने ‘नेपाली काँग्रेस समेत सम्मिलित भएको अझ एकप्रकारले भन्ने हो भने नेपाली काँग्रेसकै नेतृत्व रहेको सरकार भर्खर बनेको छ । केन्द्रमा पनि बन्यो । प्रदेशमा पनि ३(४ दिन भित्रमा नयाँ सरकारहरु बन्ने, बदलिने क्रम हुन्छ । कम्तीमा ८/१० दिन समय लाग्ला । अब यो सरकारसँग छुट छैन । हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिँडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस् । हिँडेर पुग्ने सुविधै छैन हामीसँग । हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्न सक्ने अवस्था छ । तर सरकार दौडिन सुरु नै गरेन । अझै पनि तुना बाँधेको जस्तो छ । कहिले तुना बाँधेर बस्छ । कहिले कुर्सी खोज्छ । रुमल्लिएको जस्तो भयो । यसले दौडिन सुरु गर्नुप¥यो । प्रधानमन्त्री भनेको क्याप्टेन हो । क्याप्टेनले सिङ्गो टिमलाई साथमा लिने । अब यतिखेर के हेर्ने हो भने अब बजेटको साइकललाई हेरौँ । जेठ १५ गते बजेट आउँछ । डेढ, दुई महिनाको समय छ । बजेट पछि पनि समय छ । सरकारले पाँच, ६ महिना सोच्ने हो । यो पाँच महिनाभित्र नेपालको सरकारले दगुर्न सुरु गरेर नागरिकहरूलाई सरकारले दगुर्न थाल्यो, गति पनि छ । लय पनि छ । सङ्कल्प पनि छ । लक्ष्यमा पनि पुग्छ । काम सुरु ग¥यो भन्ने कुराको महसुस गराएर नागरिकहरूको मनमा जुन अविश्वास देखिएको छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =