व्यापारलाई सहज बनाउँदै लेक्ट्रो ई–साइकल

काठमाडौँ । हाम्रो वरपर दुई पाङ्ग्रे साइकलमा सामान डुलाएर व्यापार गर्दै हिँड्ने थुप्रै मानिस भेटिन्छन् । उनीहरूले साइकलमा सामान डुलाएरै आफ्नो गुजारा चलाउने गर्छन् । दिनभरि साइकलमा सामान बोकेर व्यापार गर्दै हिँड्ने ती व्यापारीको जीवनमा साइकलको ठुलो महत्त्व रहन्छ ।

ब्याट्री र मोटरसहितको प्रयोग भएको लेक्ट्रो ई–साइकलले व्यापारीलाई सामान डुलाउन र व्यापार गर्न अझै सजिलो बनाइदिएको छ । ललितपुरमा बसोबास गर्ने रमेश नेवार पनि तिनै व्यापारी मध्ये एक हुन् । लेक्ट्रो ई–साइकल प्रयोग गरेपछि उनले भने, ‘पहलको भन्दा अहिले धेरै नै सजिलो भयो ।’

लामो समयदेखि सूर्य चुरोट कम्पनीमा काम गर्दै आएका उनले साइकलमार्फत विभिन्न स्थानमा चुरोट बेच्ने गर्थे । चुरोट बेच्नकै लागि उनी कहिले बौद्ध त कहिले अन्य ठाउँमा पुगेको बताउँछन् । भन्छन् ‘म त कहाँ पुग्छु, पुग्छु । कहिले बौद्ध पुग्छु, कहिले चप्पल कारखाना पुग्छु । म दिनभरि नै घुम्छु । मेरो दिन नै यही साइकलमा बित्छ ।’

पहिला उनलाई लेक्ट्रो ई–साइकलबारे थाहा नभएको बेला कम्पनीका साहूले नै उनलाई लेक्ट्रो ई–साइकल थमाइदिएका थिए । उनका अनुसार लेक्ट्रो ई–साइकल उनको रोजाई होइन, उनको साहुको हो । साहुको रोजाई भए पनि अहिले काम गर्न एकदमै सजिलो भएको उनी बताउँछन् ।

भन्छन्, ‘सुरुमा साहूले राजेको हो, पहलको साइकलभन्दा मलाई एकदमै राम्रो र सजिलो लाग्यो ।’

उनले लेक्ट्रो ई–साइकल चलाउन थालेको करिब ६ महिना भइसक्यो । उनले सामानको वजन र आफ्नो वजनसहित दैनिक १ सय किलो वजन लेक्ट्रो ई–साइकलमा बोक्ने गरेका छन् । उकालोमा पाइडल चलाउनुपर्ने तर समथर भू–भागमा पाइडल चलाउन आवश्यक नरहेको उनले बताए ।

भन्छन् ‘ उकालोमा चैँ बिस्तारै पाइडल चलाउनु पर्छ, नत्र साइकलको पाइडल चलाउनु पर्दैन ।’

लेक्ट्रो ई–साइकलले गर्दा भारी सामान बोकेर पाइडल चलाउनु पर्ने उनको बाध्यता समाप्त भएको छ । उक्त साइकलका कारण काम गर्न एकदमै सजिलो र छिटो भएको उनको भनाइ छ ।

आफूजस्तै साइकलमा सामान डुलाएर व्यापार गर्ने व्यापारीलाई उनले लेक्ट्रो ई–साइकल खरिद गर्न सुझाव दिएका छन् । उनले चिनेजानेका सबै मानिसलाई लेक्ट्रो ई–साइकल खरिद गर्न सल्लाह दिएको बताउँछन् । उनले भने ‘मैले धेरै मानिसलाई पनि सुनाई सके । पुलचोकमा जानु, हरिहर भवन जानु भनेर मैले चिनेका सबै जनालाई भनेको छु ।’

आफ्नो कामलाई सजिलो बनाइदिएकोमा रमेश खुसी देखिन्छन् । आफ्नो खुसी पोख्दै उनले भने, ‘लेक्ट्रो ई–साइकल बनाउनेहरू सबैलाई धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *