गठबन्धनमा सामेल नाउपाले तीनै क्षेत्रमा उठायो आफ्नै उम्मेदवार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।  सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा-२ मा रामचन्द्र चौधरी, चितवन-२ मा राजेश अधिकारी र तनहुँ- १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सम्बन्धित  निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *