नयाँ वर्षमा लेक्ट्रो ई–साइकलको इएमआई र एक्सचेन्ज अफर 

काठमाडौँ । निम्बस इन्टरनेशनल कम्पनी प्रालिले नयाँ वर्षमा लेक्ट्रो ई–साइकलको इएमआई र एक्सचेन्ज अफर ल्याएको छ । यस अफरमा पुराना साइकल एक्सचेन्ज गरी नयाँ लेक्ट्रो ई–साइकल लैजान सकिन्छ ।
साथै यस अवधिमा इएमआई मार्फत् लेक्ट्रो ई–साइकल खरिद पनि गर्न सकिने निम्बस इन्टरनेशनल कम्पनीका दिपेश कायस्थले बताए । उनले नेपालभर लेक्ट्रो ई–साइकल बिक्री वितरण भइरहेको बताएका छन् ।
भन्छन् ‘सबै साइकल नेपालभर राम्ररी बिक्री भइरहेको छ । अझ सबैको पहुँचमा लैजान हामीले यो अफर ल्याएका हौँ ।’
उनले लेक्ट्रो ई–साइकललाई सबैको पहुँचमा पुर्‍याउन उक्त अफर ल्याएको बताए । लेक्ट्रो ई–साइकलको ईएमआई र एक्सचेन्ज मेलाले एक हप्ता नाघिसकेको छ । यस अवधिमा पहिल्यैदेखि साइकल चलाइरहेका व्यक्तिहरूले मौका स्वरूप आफूसँग भएको पुरानो साइकल एक्सचेन्ज गरी लेक्ट्रो ई–साइकल लैजान सकिने कायस्थ बताउँछन् । उनले पुरानो साइकलको उचित मूल्यांकन गरी ग्राहकलाई नयाँ साइकल वितरण गर्न एक्सचेन्ज अफर ल्याएको बताए ।
भन्छन् ‘हामीले पुरानो साइकललाई त्यसको उचित मूल्यांकन गरेर नयाँ साइकल दिने भनेर अफर मेला चलाएका थियौँ । अहिले ग्राहकहरूले पुराना साइकलका राम्रो मूल्य पाएका पनि छन् । उनीहरू लेक्ट्रो ई–साइकल लगेका पनि छन् ।’
कायस्थका अनुसार ग्राहकहरूले साइकल एक्सचेन्ज गर्न आफ्नो साइकलसहित साइकलको बिल पनि लिएर आउनुपर्ने छ । साइकलको उचित मूल्यांकन भएपछि आफूले रोजेको साइकल लैजान सक्ने कायस्थको भनाइ छ ।
उनले भने ‘हामी उहाँहरूको साइकलको भ्यालुएसन गर्छाैँ । र उहाँले रोजेको साइकल दिन्छौँ । यदि उहाँहरूले इएमआईबाट लिनुहुन्छ भने इएमआईको पनि व्यवस्था गरेका छौँ । बैंकबाट उहाँहरूलाई किस्ताबन्दीमा दिन्छौँ ।’
लेक्ट्रो ई–साइकलको शोरुम पुल्चोक ललितपुरमा अवस्थित छ । उक्त शोरुममा ५५ हजारदेखि १ लाख ४० हजारसम्मको लेक्ट्रो ई–साइकल रहेका छन् । कम्पनीका अनुसार एक्सचेन्ज अफर वैशाख १ गतेसम्म मात्र रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *