कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, राप्रपा मात्र विपक्षमा

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । आज कर्णाली प्रदेश सभाबाट उनले विश्वासको मत पाएका हुन् । फागुन १८ गते राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिएका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत ३९ जना सांसदले दिएका थिए । मुख्यमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ३८ जना र विपक्षमा १ जनाले मत दिएका छन् ।

कर्णालीमा राप्रपाका १ जनाले मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छैन । यसअघि विपक्षमा मत दिएको नेपाली काँग्रेसले यो पटक पक्षमा मतदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *