गठबन्धनको बैठक छोडेर चितवन उडे प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठक छोडेर चितवन गएका छन् । बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक छाडेर उनी हेलिकोप्टरमार्फत चितवनतर्फ लागेका हुन् ।

चितवनस्थित विमानस्थल भवनको शिलान्यासका लागि प्रधानमन्त्री चितवन गएको उनको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका प्रधानमन्त्री प्रचण्डले बिहान गठबन्धन दलका नेताहरूसँग संयुक्त छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड चितवनबाट दिउँसो १ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । उनले काठमाडौँ फर्किएसँगै उनले सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनी गठबन्धनको बैठक छाडेर चितवन गएपनि अन्य दलका नेताहरुबीचको छलफल बालुवाटारमा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *