चैत १६ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?
२०७९ चैत १६ गते

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ । पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








