आरआर, पाटन र कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश

काठमाडौँ । उच्च अदालत पाटनले रोकिएका तीन क्यापसमा स्ववियु निर्वाचन गराउन आदेश दिएको छ । अदालतले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) , पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन आदेश दिएको हो ।

न्यायाधीश जगदीश घिमिरेको मंगलबारको एकल इजलासले तीनवटै क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गराउन अन्तरिम आदेश दिएकाे हाे ।

तोकिएको समयमा स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाघि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न भनेको हो । अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएकाले रोकिएको स्‍थानमा तत्काल निर्वाचन गर्न विपक्षीका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

रत्न राज्यलक्ष्मी क्याम्पसका एम ए प्रथम सेमेस्टरका विद्यार्थी मदन भण्डारीलगायत विद्यार्थी नेताहरूले अन्तरिम आदेश माग गर्दै उच्चमा रिट दिएका थिए । विद्यार्थीबीच विवाद देखिएपछि यी क्याम्पस स्ववियु निर्वाचन हुन नसकेको थिएन ।

‘विद्यार्थी हकहितका लागि स्थापित स्‍वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिँदा विद्यार्थीहरूको हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले चाँडो सम्बद्ध पक्षलाई समावेश गराइ समन्वय गर निर्वाचिन हुने मिति तोकी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धी बाँकी काम कारबाही गर्नू गराउनू भनी विपक्षीहरुका नाममा उच्‍च अदालत नियमाली २०७३ को नियम ४२ को १ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ ।

यस्ताे छ आदेशकाे पूर्णपाठ

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *