उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको हो । चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचन उम्मेदवारी दिने रास्वपाले बताएकाे छ ।

बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्कीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

रास्वपाबाट चितवन २ मा सभापति रवि लामिछाने उठ्ने भएका छन् भने तनहुँ १ र बारा २ मा उम्मेदवारको टुङ्गो लागेको छैन । रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार यी दुई क्षेत्रमा पनि रास्वपाले छिट्टै उम्मेदवारको टुङ्गो लगाउने जनाएकाे छ ।

उनले भने, ‘हामी कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने छौँ ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =