लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने ‘मुड’मा माओवादी

दाङ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार प्रदेशमा पनि नयाँ गठबन्धन सरकार बनाउन समर्थन फिर्ता लिन लागेको बताए ।

आजसम्म समर्थन फिर्ता लिएर सरकार ढाल्ने बरालको भनाई छ । एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादी संसदीय दलको बैठक बोलाइएको छ । ‘आज दलको बैठक बसेर समर्थन फिर्तासहितका विषयमा निर्णय हुन्छन्’ उनले भने ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, जसपा र जनमत पार्टी छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका छन् । उनीहरू सबै एमालेको विपक्षमा छन् । ८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भई माघ ५ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *