आमाछोरीले एकैपटक सरकारी जागिरमा नाम निकाले

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका-२ रिसाङका आमाछोरी एकै पटक सरकारी जागिरे भएका छन् । आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन् ।

आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन् । आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसिकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन् । आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन् । आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन् ।

२०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अङ्ग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो । छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन् । सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसइई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय साँखु काठमाडौँबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन् । सानै उमेरमा पढाइमा निकै रुचि राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *