दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किशोर लम्सालले जानकारी दिए ।

ट्रकमा ४ जना सवार रहेको र मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *