सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको छ । सिजापतिले ९ सय ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका छन् । शाही गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए ।

यस्तै, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् । उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन बिसीले ४ सय ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा ललित राना निर्वाचित भएका छन् । उनले ७ सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गरे ।

यस्तै सदस्यहरूमा भरत शाही, राधा रिजाल, गगन आले, जुद्द रोकाय, दीपेन्द्र शाही, महेन्द्र खड्का, निरा जैसी र अशोक बराल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *