चैत ७ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?
२०७९ चैत ७ गते

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।
२०७९ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








