त्रिचन्द्रमा स्ववियु चुनाव गर्न बोलाइयो सर्वपक्षीय वार्ता 

काठमाडौँ । काठमाडौँको त्रिचन्द्र बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउने वार्ता बोलाइएको छ । क्याम्पस प्रमुख प्राडा. सुनिल अधिकारीले एक सूचना जारी गर्दै सर्वपक्षीय वार्ता बोलाएका हुन् ।

त्रिचन्द्रमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुबीच विवाद हुँदा चुनाव हुन सकेका छैन भने क्याम्पसमा ताला लागेको छ । मतभेदको समाधान वार्ताबाट नै गर्न सकिने भन्दै आज दिउँसो ३ बजे वार्ता आह्वान गरिएको हो ।

‘निर्वाचनका सिलसिलामा असहज परिस्थिति उत्पन्न भई निर्वाचन प्रक्रिया अवरुद्ध भएको र यसरी उत्पन्न समस्याको समाधान वार्ता, छलफल र सहमतिबाट नै हुने करा प्रस्ट छ,’ सूचनामा अगाडि भनिएको छ, ‘यस परिस्थितिमा समस्या समाधानका लागि दिउँसो ३ बजे यस क्याम्पस परिसरमा सर्वपक्षीय, सामूहिक वार्ताका लागि आह्वान गरिएको छ । वार्तामा सहभागी भई स्ववियु निर्वाचन सफल पार्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =