सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १० हजार नाघ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३३ रुपैयाँमा पुगेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै २ हजार ९ सय ३३ रुपैयाँले सुनको भाउ बढेको छ ।

यसअघि शुक्रबार तोलाको १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि १९ माघमा पुगेको १ लाख ७ हजार ५ सय रुपैयाँको रेकर्डलाई आइतबारको मूल्यको नयाँ रेकर्डले तोडेको हो । यस दिन तोजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *