दौडेर राजा हुने ठाउँमा साइकल दौड, हिमालले जिते उपाधी

पोखरा। दौडेर राजा हुने इतिहास भएको गोरखाको लिगलिगकोटमा साइकल दौड भएको छ । तेश्रो संस्करणको प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्वलका हिमाल टमाटाले जिते । ५३ किलोमिटर दुरी २ घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै उनी बिजेता बनेका हुन्।

उनले उपाधीसँगै ७५ हजार रुपैयाँ पुरस्कार जितेका छन् । २ घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भए भने २ घण्टा २४ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै काठमाडौंका कुमार तामाङ तेस्रो भए ।

२ घण्टा २५ मिनेट ४१ सेडेण्डमा साइकल दौड पूरा गरेका लक्ष्मण मल्ल चौंथो र २ घण्टा २५ मिनेट ३९ सेकेण्डमा पूरा गरेका मानबहादुर थापा मगर पाँचौ भए । दोश्रो, तेश्रो, चौंथो र पाँचौ हुनेले क्रमशः ५० हजार, ३० हजार, १४ हजार र ७ हजार पुरस्कार पाएका छन् ।

बिजेताहरुलाई गण्डकी प्रदेश सभा विपक्षी दलका नेता सुरेन्द्र राज पाण्डेले पुरस्कार वितरण गरे । लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुईंटेल, बयाडाँडा हुँदै मैबलबाट लिगलिगकोटसम्म रुट कायम गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *