श्रीमती हत्याको अरोपमा पक्राउ 

विराटनगर । मोरङको बेलवारीबाट श्रीमती हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने  ५७ वर्षीय  हेम कर्ण महतले ५३ वर्षीय श्रीमती देवी महतलाई घरायसी वादविवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरी फरार रहेका महतलाई  प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई  पथरीस्थित पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *