नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभएको बताएका छन् ।

उनले प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश नभई जुद्धशमशेरको माइलो छोरा प्रधानन्यायाधीश रहेको बताए ।

आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उनले कानुनको इतिहासमा गलत पढाइएको बताए ।

‘तपाईहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =